
Notice Board
बेक्स्ली नेपाली समाजका बाबुनानीहरुकोलागी सुवर्ण अवसर!!! आदरणीय सम्पूर्ण आमा दिदीबहिनीहरूमा हार्दिक नमस्कार , उपरोक्त सम्बन्धमा यस समाजका बाबुनानीहरु जति पनि सेकन्डरी स्कुलमा अध्ययान गर...
View Detailsराजदुत रेग्मीको उपस्थितिमा बेक्स्ली नेपाली समाज युकेको तीज कार्यक्रम

लण्डन । बेक्स्ली नेपाली समाज युकेले तीज कार्यक्रम गरेको छ । गत आइतबार बेलायतस्थित नेपाली राजदुत लोकदर्शन रेग्मीको प्रमुख आथित्यमा यस वर्षको तीज कार्यक्रम सम्पन्न भएको हो ।
राजदुत रेग्मीले नेपाली रितिरिवाजले सबैलाई एकतामा बाध्ने बताए । उनले विदेशमा पनि नेपालीहरु जम्मा भएर तीज मनाउनुले नेपाली संस्कृतिको विदेशमा पनि जर्गेना भएकोमा खशी व्यक्त गरे । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष हरिशचन्द्र ज्ञवालीले स्वागत गरेका थिए । अर्का उपाध्यक्ष बिन्दु गुरुङले समाजले मनाउदै आएको चाडपर्ब र परम्पराको बारेमा उल्लेख गरिन् । पूर्व अध्यक्ष बिजय बहादुर गुरुङले यस्ता सामाजिक गतिविधिले नेपाली समुदायलाई एक बनाउने उल्लेख गरे । संस्थापक अध्यक्ष केशबहादुर गुरुङले भूतपूर्व गोर्खाहरुबाट सुरु गरिएको समाज भए पनि बाक्लिदै गएको सबै नेपालीहरु अटाउने समाज बनेको खुसी व्यक्त गरे । उनले भुतपुर्व गोर्खाहरुको मागमा नेपाली राजदुताबासले खेलेको भूमिकाको मुक्त कण्ठले प्रसंसा गरे ।
अंशु केसीको मिठो गणेश बन्दनाबाट सुरु गरिएको कार्यक्रममा समाजका सचिव होमनाथ ज्ञवलीले कार्यक्रम उपस्थित हुदा थाहा पाउनु पर्ने इमर्जेन्सी अवस्थाको बारेमा जानकारी गराए । कार्यक्रममा कलाकार उमा गुरुङ , सुष्मा ढुंगाना , अपेक्षा कार्की ,सुनिता कार्की, अहिल्या कुँवर, हेबिना सेढाई , कृतिका थपलिया, स्मारिका न्यौपाने , लुना न्यौपाने, संस्कृति ज्ञवाली, स्तुति गौतम, आलेक्स सुवाललगायतले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अंशु केसीले गीत प्रस्तुती गरेकी थिईन्।
कार्यक्रम समाजका उपाध्यक्ष बिजिता गौतमको संयोजन रहेको कार्यक्रमको अध्यक्ष आनन्द धरेलको अध्यक्षतामा र महासचिब केदार थपलियाको संचालनमा सम्पन्न भएको थियो ।
Source: