बेक्स्ली नेपाली समाजका बाबुनानीहरुकोलागी सुवर्ण अवसर!!!
आदरणीय सम्पूर्ण आमा दिदीबहिनीहरूमा हार्दिक नमस्कार ,
उपरोक्त सम्बन्धमा यस समाजका बाबुनानीहरु जति पनि सेकन्डरी स्कुलमा अध्ययान गरिरहनुभएको हुनुहुन्छ वहाँ हरुलाई भविष्यमा आफ्नो क्यारियरलाई सहि मार्गमा कसरी लैजाने?विषयमा www.bnc.org.uk को आयोजनामा "Career workshop" कार्यक्रम हुन गईरहेको कुरा अवगत गराउन चहान्छौँ।
यो अति नै महत्त्वपूर्ण विषय तथा यसको मुख्य उदेश्य British University मा उच्च शिक्षा हासिल प्राप्त के कसरी गर्ने? यसकोलागी succesful careers स्थापना गरिसक्नुभएका Professionals व्यक्तित्वहरुसँग बसेर छलफल गर्नपाउनुहुनेछ,यो सुवर्ण अवसरमा हजुरहरुले आफ्नो बाबुनानीहरुलाई लिएर आउनुभई आफुलाई लागेका जिज्ञासाहरु राख्नसक्नुहुनेछ।
नोट: यसमा स्मरण रहोस हजुरहरुको बच्चाहरुको ज्ञानको तुलना गर्न खोजेको हैन केवल अग्रज व्यक्तित्वहरु बाट भविष्यमा राम्रो ट्रेनिङ दिलाएर University को application form भर्नु अगाडि कुन विषयको Carrer Path के हो र कसरी भर्ने आदि ईत्यादी महत्त्वपूर्ण कुराहरुमा छर्लङ्ग पारदिनुहुनेछ।उक्त कार्यक्रममा बढी भन्दा बढी सँख्यामा बाबुनानी तथा अभिभावकहरुको सहभागिता हुनेछ भन्ने पुर्ण आशाको साथमा यो सुनौलो अवसर नगुमाउनुहोला भनी अनुरोध गर्दछौँ।
Career Worshop कार्यक्रमको मिति,स्थान र समय तल लेखिए बमोजिम हुनेछ :
Date : 27/03/2022
Venue: Harrish Academy, Falconwood
Time:12:30 to 15:00
यसपटक Medecine,Law & Engineering विषयमा हुनेछ।
साथै अर्कोपटक फेरि
Banking & Finance ,Accounting ,Goverment & Charity विषयहरुको बारेमा छलफल हुने र मिति ,समय पछि अवगत गराउनेछौ।
उक्त कार्यक्रममा उपस्थिति जनाउनुहुने सदस्यज्युहरुले आफ्नो नाम BNC को VIBER Group मा register गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।