• Email: bexleynp@gmail.com
  • Dr Harish Jyawali 07533 230 079

Collecting Resources For Publication of Bnc Souvenir - Mar 22, 2022


Collecting Resources  For Publication of Bnc Souvenir 

आदरणीय अध्यक्ष ज्यु, ट्रस्टी ज्युहरु, संस्थापक अध्यक्ष ज्यु, निबर्तमान अध्यक्ष ज्यु , सल्लाहाकार ज्युहरु कार्यसमितिका मित्रहरु , आजीवन सदस्य ज्युहरु तथा बेक्सिली बासि सम्पुण आमॉं बुवा दिदी बहिनी तथा दाजुभाईहरु 

हार्दिक नमस्कार 

बेक्स्ली नेपाली समाजले निकट भविष्यमा प्रकाशन गर्न लागेको स्मारिकाका लागि लेख रचनाहरु आह्वान गरियको र यस स्मारिकामा कविता, कथा, निवन्ध जस्ता साहित्यिक रचनाहरुका साथै जनस्वास्थ्य, आर्थिक,  सामाजिक, कानूनी,  आदि विषयसंग सम्बन्धित समुदायका लागि हीतकर र सूचनामुलक साहित्येत्तर रचनाहरु समावेश गरिनेछ। यस्ता साहित्येत्तर रचनाहरुका लागि बेक्स्ली बरोमा बसोबास गर्नु हुने सम्बन्धित विषयका विज्ञहरुलाई विशेष अनुरोध गर्दछौं। 

स्मारिकाको विषयगत संरचना यस प्रकार हुनेछः
१. बेक्स्ली नेपाली समाजको चिनारी (विगत, वर्तमान र भावी कार्यदिशा), फोटो ग्यालरी सहित
२. बेक्स्ली बरो भित्रका ज्ञानमुलक एवम् सुचनामुलक सन्दर्भ सामाग्रीहरु
३. अतिथि पृष्ठ (नेपाली तथा गैर नेपाली लेखकहरु)
४. अन्तर्वार्ता (बरो भित्र बसोबास गर्ने नेपालीहरुका साझा एवम् सामुदायिक सरोकारका विषयहरुमा केन्द्रित रही काउन्सीलका पदाधिकारी वा अन्य उपयुक्त व्यक्तित्वसंगको अन्तर्वार्ता।)
५. नेपाली कला सँस्कृतिको चिनारी झल्काउने रचनाहरु – सम्भव भए सम्म फोटो वा चित्रहरु सहित
६. साहित्यिक रचनाहरु – काव्य, आख्यान, निवन्ध र नाट्य रचनाहरु
७. बाल पृष्ठ – बालबालिकाहरुको प्रतिभालाई उजागर र प्रोत्साहित गर्न उनीहरुको साहित्यिक, कलात्मक वा अन्य सिर्जनाहरुलाई महत्वका साथ समावेश गरिनेछ। 

पृष्ठसंख्याको हद (A4 साइज – टाइप गरिएको):

१. साहित्यिक रचनाहरुः 
कविता – १ पेजमा नबढाई (वा, १५० शव्दमा नबढाई)
कथा, निवन्ध र अन्य गद्य रचनाहरु – ३ पेजमा नबढाई (वा, ५०० शव्दमा नबढाई)
२. विभिन्न विषयमा सामुदायिक हीत र सरोकारका विषयगत रचनाहरु (स्वास्थ्य, अर्थ, आदि) – ६ पेजमा नबढाई (वा, १००० शव्दमा नबढाई) । 

रचनाहरुको भाषाः

१. साहित्यिक रचनाहरु (बाल रचना बाहेक) नेपाली भाषामा रचिएको हुनु पर्नेछ । 
२. बाल बालिकाहरुका रचनाहरु नेपाली वा अंग्रेजी जुन भाषामा रचिएको भए पनि समावेश गरिनेछ । 
३. साहित्यिक रचना बाहेक अन्य विषयगत रचनाहरु नेपाली वा अंग्रेजी जुन भाषामा लेखिएको भए पनि प्रकाशित गरिनेछ। तर अंग्रेजीमा लेखिएको भए नेपाली अनुवाद र नेपालीमा लेखिएको भए अंग्रेजी अनुवाद माग हुन आएमा उपलव्ध गराउने गरी भाषा अनुवाद गरिनेछ। त्यसैले सम्भव भए सम्म भाषानुवाद पनि उपलव्ध गराइदिनुहुन समेत लेखकहरुमा विशेष अनुरोध गर्दछौं ।

पुनश्चः

१. रचनाहरु २०२२ अप्रिल ३० भित्र प्राप्त भइसक्नु पर्नेछ। सो मिति भन्दा पछि प्राप्त रचनाहरु स्मारिकामा समावेश हुने छैनन् । 
रचनाहरु bncsouvenir@gmail.com मा इमेल गरी पठाउन अनुरोध गर्दछौं । 
१. लेख रचनाहरु निश्चित संख्यामा मात्र समावेश गर्न सकिने हुनाले अगाडि प्राप्त हुने सामाग्रीलाई प्राथमिकता (First come first preference) दिइनेछ। साथै, प्रकाशनका लागि छनोट गर्न रचनाहरुको स्तरलाई ध्यान दिइनेछ।
२. सामाजिक सद्भावमा खलल पुर्याउने र राजनीतिक पक्षपोषण वा दलगत पक्ष विपक्षका रचनाहरुलाई स्वीकार गरिने छैन । 
३. कुनै पनि रचना समावेश गर्ने वा नगर्ने अन्तिम अधिकार सम्पादक मण्डलमा रहनेछ। 
४. बेक्स्ली बरो भित्र बसोबास गर्नेहरुको रचनाहरुलाई पहिलो प्राथमिकता दिइनेछ ।

हार्दिक अनुरोध सहित सेवामा, 
केदार थपलीया ( महासचिव तथा स्मारिका प्रकासन समिती सदस्य)

Notice Board

BNC’s Teej program is scheduled for September 9th, and we extend a warm invitation to all family members to join this special family event. If you would like to participate, please add your name...

View Details