• Email: bexleynp@gmail.com
  • Dr Harish Jyawali 07533 230 079

Notice Board

BNC’s Teej program is scheduled for September 9th, and we extend a warm invitation to all family members to join this special family event. If you would like to participate, please add your name...

View Details

बेक्स्ली नेपाली कम्युनिटी युकेको ल्हाेसार कार्यक्रम भव्यताका साथ सम्पन्न


बेक्स्ली नेपाली कम्युनिटी युकेको ल्हाेसार कार्यक्रम भव्यताका साथ सम्पन्न

बेक्स्ली केण्ट - तमुहरूकाे नयाँ वर्ष फ्हो ल्होसार गत शनिबार फाल्काेनउड कम्युनिटी सेन्टरमा पहिलाे पटक बिभिन्न  कार्यक्रमहरूको आयोजना गरी भब्यताका साथ मनाईएको छ। 

कार्यक्रममा लण्डन बाराे अफ बेक्स्लीका मेयर ब्राइन विशप, काउन्सिलर क्रिस्टिन काटेरल, काउन्सिलर भाल क्लर्क र काउन्सिलर नाईजेल बेट लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो।

लण्डन बाराे अफ बेक्स्लीका मेयर ब्राइन विशप प्रमुख अतिथी रहेका सो कार्यक्रमकाे उद्घाटन बेक्स्ली नेपाली कम्युनिटीका अध्यक्ष बिजय बहादुर गुरुङ, संस्थापक अध्यक्ष केश बहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ र ल्होछार संयाेजक तथा उपाध्यक्ष बिन्दु गुरुङ लगायतले संयुक्त्त रुपमा दीप प्रज्वलन गरी गरेका थिए। 

कार्यक्रममा प्रमुख अतिथि ब्राइन विशपले कार्यक्रममा सहभागी हुन पाउँदा आफुलाई  खुशी लागेको र सो ठाउँमा धेरै भू.पु. गोर्खाहरुको समूह भएकाेले आफुलाई गर्व लाग्नुकाे साथै भविष्यमा आफु मेयर नरही काउन्सिलर मात्र रहेतापनि निम्तो पाएमा आगामी वर्षहरुमा पनि कार्यक्रममा सहभागी हुने बताउनुभयो।

कार्यक्रम संयाेजक श्रीमती बिन्दु गुरुङले सम्पूर्ण अतिथिहरु र  सहभागी  सबैलाई स्वागत गर्दै ल्हाेछारकाे शुभकामना मन्तब्य ब्यक्त्त गरेकी थिइन्। प्रमुख अतिथी ब्राईनले नबनिर्बाचित साउथ ईष्ट रेजिनल तमु धिंका अध्यक्ष हिरा प्रसाद गुरुङ र उपाध्यक्ष याेगेश गुरुङ, डाइमण्ड बुद्दिष्ट सेन्टरका अध्यक्ष सुमल कुमार गुरुङ तथा तमु समाज यूकेका अध्यक्ष शिव प्रसाद गुरुङ लगायत बेक्स्ली नेपाली कम्युनिटीका सल्लाहकारहरूलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो।

समाजका अध्यक्ष बिजय बहादुर गुरुङले कार्यक्रममा सहभागी भै सफल पार्न विभिन्न क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, भाैतिक र नैतिक सहयाेग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। अ‌ाैपचारिक कार्यक्रम बेक्स्ली समाजका महासचिब हरिश ज्ञवालीले गरेका थिए भने हलकाे सुरक्षा सबन्धी जानकारी सल्लाहकार जनक पाेखरेलले गरेका थिए।

कार्यक्रम "आयाे ल्हाेसार" शुभकामना गीतबाट शुआरम्भ भएकाे थियो भने सो गीतमा बिजिता गाैतम र सुष्मा ढुङ्गानाले  नृत्य प्रस्तुत गरेका थिए।  तमु प्लेल्हु संघ यूकेका लिडिङ मेम्बर मान बहादुर गुरुङ र हिरा बहादुर गुरुङ तथा महिलाहरुकाे समूहले कौडा नृत्य प्रस्तुत गरेका थिए।अन्य कलाकारहरू एलिसा खत्री, सरीता, बिष्णु गुरुङ,मीना गुरुङ, कुल गुरुङ, क्रिष्टिना, हेबिना सेडाई र शिबराम गुरुङ लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । 

प्रतिष्ठा गुरुङले गितारकाे मिठाे धुन तथा बासु शर्माले कबिता बाचन गर्नुभएको थियो। औपचारिक कार्यक्रम शुरु हुनु अगाडि उपस्थित सहभागीहरुलाई केदार थपलियाले विविध सूचनामूलक तथा मनोरन्जनात्मक सामाग्रीहरु प्रस्तुत गरेका थिए  ।

कार्यक्रममा नेपालबाट आएका चर्चित लाेकदाेहाेरी गायक सन्जय गुरुङले गीत प्रस्तुत गरेका थिए। सो कार्यक्रममा राफल ड्रमा विजिता गौतम, डिजे/साउन्ड सिस्टममा निसान गुरुङ र राेसन गुरुङ,फाेटाे/भिडियोग्राफी (यूथ ग्रुपबाट) बिराज गुरुङ र अर्जुन श्रेष्ठ थिए भने पेयमा हिमाल गुरुङ, प्रकाश गुरुङ,दिपेन सिटाैला रंगना गुरुङ,टीना गुरुङ लगायत र फेसबुक लाईभमा हाेम ज्ञावाली थिए । त्यसैगरी ईन्ट्रान्स (एक्सिस कन्ट्राेलर) मा काेषाध्यक्ष सन्जिब सुवेदी, सहायक काेषाध्यक्ष कमल गुरुङ र दीपेन्द्र सिटौला थिए । क्याटरिङको जिम्मवारी भाेज गुरुङले लिएका थिए । कार्यक्रम समाजका सल्लाहकार शिबराम गुरुङ बि.ई.एम. ले संचालन गरेका थिए।

कार्यक्रममा साउथईष्ट रेजिनल तमुधिंका पुर्ब अध्यक्ष श्रीचन्द्र गुरुङ, सोंपाल समाजका पुर्व महासचिब जगदिश गुरुङ, बेक्स्ली समाजका सल्लाहकार चन्द्रवीर गुरुङ, सल्लाहकार चयन्द्र गुरुङ, सल्लाहकार दिपक गाैतम लगायतकाे सहभागीता रहेको थियो।

साे कार्यक्रममा बेक्स्ली केण्ट लगायत वरिपरि बसाेबास गर्नुभएकाे तमु तथा गैरतमुहरूकाे साथै युवाहरुको पनि बाक्लाे उपस्थिति रहेकाे थियाे।कार्यक्रम बेलुकी झण्डै १० बजे समाप्त भएको थियो।