• Email: bexleynp@gmail.com
  • Dr Harish Jyawali 07533 230 079

Notice Board

BNC’s Teej program is scheduled for September 9th, and we extend a warm invitation to all family members to join this special family event. If you would like to participate, please add your name...

View Details

बेक्सीली नेपाली समाज यूकेले राजदूत रेग्मीको आतिथ्यतामा गर्यो तीज विशेष कार्यक्रम


लण्डन । बेक्सीली नेपाली समाज यूकेले आइतवार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यतामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष आनन्द धरेलको अध्यक्षता, उपाध्यक्ष बिजिता गौतमको संयोजन तथा महासचिब केदार थपलियाको सञ्चालनमा सम्पन्न तिज विशेष कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष हरिशचन्द्र ज्ञवालीले उपस्थित सबैलाई स्वागत मन्तब्य राखेका थिए ।

त्यस्तै समाजका अर्का उपाध्यक्ष बिन्दु गुरुङले समाजले मनाउदै आएको चाडपर्व र रीतिरिवाजको बारेमा आफ्नो भनाइ राखेकी थिइन् । पूर्वअध्यक्ष विजय बहादुर गुरुङले समाजमा सबैलाई एकत्रित गर्दै एक ढिक्का भएर बेक्सीलीमा रहेका सबै नेपाली एकै छाता मुनि गोलबन्द हुदैनुपर्नेमा जोड दिए ।

सस्थापक अध्यक्ष केश बहादुर गुरुङले पहिला भूपू गोर्खाहरुबाट सुरुगरिएको समाज भएपनि बाक्लिदै गएको नेपाली समाजलाई ध्यान दिदै सबै नेपालीहरु अटाउने समाज बनेको र यस समाजमा रहेका सदस्यहरुको बारेमा चित्रण गर्नुको साथै भूपू गोर्खाहरुको मागमा नेपाली राजदुताबासले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

अथितिहरुले सयुक्त रुपमा पानसमा दिप प्रज्वलन र अंशु केसीको मिठो गणेश बन्दनाबाट सुरु गरिएको कार्यक्रममा समाजका सचिव होमनाथ ज्ञावलीले भैपरी आउने इमर्जेन्सी अवस्थाको बारेमा जानकारी गराउनुका साथै कार्यक्रमलाई सामाजिक संजाल फेसबुक मार्फत संसार भर पुर्याएर सहयोग पुर्याएका थिए ।

कार्यक्रमलाई समाजका स्थानिय सिनियर कलाकार उमा गुरुङ, सुष्मा ढुंगाना, अपेक्षा कार्की, सुनिता कार्की, अहिल्य कुँवरका साथै हेबिना सेढाई, कृतिका थपलिया, स्मारिका न्यौपाने, लुना न्यौपाने, संस्कृति ज्ञवाली, स्तुति गौतम, एलेक्स सुवाल र समाजका ससाना नानीहरुले नृत्य समेत प्रस्तुत गरे । अंशु केसीले मिठो संगीत पस्केकी थिइन।

कार्यक्रममा कार्यसमितिका सदस्य अहिल्य कुँवरले मिठो सेलरोटी पस्केका थिए भने स्थानीय व्यवसाय, ग्रीन ग्रोसरी, मनकामन स्टोर, एक्सप्रेस ब्यूटी पार्लर, पारु ब्यूटी पार्लर लगायत समाजमन अन्य सदस्यहरु दीपक श्रेष्ठ, पूर्व उपाध्यक्ष उमा गुरुङ, उपाध्यक्ष बिन्दु गुरुङ, पूर्व डारेक्टर माया गुरुङ लगायतले विभिन्न पेय पदार्थ तथा उपहारका चिजबिजहरु उपलब्ध गराउनुका साथै समाजक बिभिन्न महानुभावहरुले आर्थिक सहयोग गरेका थिए ।

समाजका सदस्य बिमला सेढाईले कलाकारहरुलाई उपहार स्वरूप साडीमा सजाएकी थिइन् भने संस्थापक उपाध्यक्ष शिवराम गुरुङले बेजोड सांगीतिक कार्यक्रमको संचालन गर्नुका साथै मिठो तिजको दरको पनि समयोजन गरेका थिए ।

अथिति सबैलाई सहजरुपमा हल प्रवेशको लागि समाजका उपाध्यक्ष कमल गुरुङ, कोषाध्यक्ष दिपेन्द्र सिटौला, सहकोषाध्यक्ष बाल मुकुन्द प्रसाई, सदस्य नारायण पन्त लगायतले सहयोग गरेका थिए ।त्यस्तै पेय पदार्थ खरिद तथा व्यवस्थापनमा समाजका सक्रिय सदस्य हिमाल गुरुङ, सदस्य मधुर मिश्र, पंकज पौडेल लगायतको समूहले सहयोग गरे ।

अथिति सत्कारमा कुनै कमि नहोस भनि बिमल शर्मा धरेल, सबिता सिवाकोटी लगायतको समूह व्यस्त थियो भने कार्यक्रमलाई थप रोचक बनाउन भाग्यशाली चिठाको बिक्रि तथा ब्यबस्थापनमा प्रवृति अधिकारी र उमा गुरुङ लगायतको समूह खटिए । सहभागी सबै तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई उपाध्यक्षद्वय बिजिता गौतम र कमल गुरुङले धन्यवाद ज्ञापन गरे ।

अध्यक्ष आनन्द धरेलले कलाकारहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरेका थिए ।

प्रमुख अतिथि राजदूत रेग्मीले कार्यक्रममा आफ्नो आतिथ्यताको निम्ती सबैलाई धन्यवाद दिदै संस्थाले चालेको अभियानमा दूतावासको तर्फबाट साथ र सहयोग रहने बताएका थिए । उपस्थित सबैले तीज गीतहरुमा नाँचगान गरी रमाइलो गरेका थिए ।

Source: https://www.londonnepalnews.com/archives/84169